लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–३ व्यवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध खैरो हेरोइन ६ सय ७० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ बस्ने १९ सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उक्त परणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
