लागूऔषधसहित एक युवक पक्राउ
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट प्रहरीले आज बिहान नियन्त्रित लागूऔषध नाइट्राभेटसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका–१५ बस्ने २२ वर्षीय सन्दिप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले उनलाई लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेटसहित पक्राउ गरेको हो । उनलाई अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सुनौलीबाट बाग्लुङतर्फ जाँदै गरेको लु.१ ख ८९८४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
