डान्स च्याम्पियनको फाईनलमा पुगिन् हेटौंडाकी रोमिया भट्टराई
मकवानपुर । हेटौंडाकी रोमिया भट्टराई लोकप्रिय डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ को फाईनलमा पुगेकी छन् ।
हेटौंडा उपहानगरपालिका वडा नम्वर ८, श्रमिक टोल निवासी रोमिया सिजन २ को उत्कृष्ट ६ अर्थात फाईनल राउण्डमा पुगेकी हुन् ।
हेटौंडाको विभिन्न नृत्य प्रतियोगिताहरुमा समेत सहभागीता जनाएर नाम कमाएकी उनी डान्स च्याम्पियन सिजन २ को कान्छी प्रतियोगी समेत हुन् ।
११ वर्षीया उनी फाईनलमा पुगेसँगै उनलाई जिताउनका लागि हेटौंडामा अभियान समेत संचालन गरिएको छ ।
उनलाई इभेन्ट एण्ड भोटिङ प्लेटफर्म एवेन्टोज तथा ग्लोबल पे र इसेवाबाट भोट गर्न सकिनेछ ।
रोमियासँगै फाईनलमा अनिल सुनुवार, बबिता पोखरेल, जिके क्वीन्स, साजन गुरुङ र शुभम सिंह रहेका छन् ।
