झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन ८, मंगलवार १०:०१
सांकेतिक तस्वीर

झापा । झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र १–०१–०१३ प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्री मृत्यु भएको हो ।

मृत्यु हुनेमा विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति उक्त मोटरसाइकलले ठक्कर दिँदा लिम्बू गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा आज विहान बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ ।