आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्ने भएको छ । आज कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
जसनुसार, बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समिति बस्दैछ । उक्त बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि ११ बजे नै बस्ने भएको छ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतीबारे छलफल हुनेछ । त्यसैगरी, सो बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । उक्त बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।