अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको चन्द्रागिरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन ३७ ग्रामसहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका–१७ बस्ने २२ वर्षीय शिव शंकर ठाकुर र २४ वर्षीय अर्जुन कुमार यादव रहेका छन् ।
प्रहरी प्रभाग नागढुङगा तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले सप्तरीदेखी काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २७२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार शिव र अर्जुनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध लिन आएका सिराहा लहान नगरपालिका–४ बस्ने २८ वर्षीय संजिब कुमारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, उदयपुरको कटारी नगरपालिका–३ कटारी बसपार्क छेउबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ९ सय ६० ग्रामसहित शुक्रबार बिहान दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका–८ आहाले बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
