स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन ३, बिहीबार १३:००

जनकपुरधाम । सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका २ खोक्सिटोलका ४८ वर्षीय ललित दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार, उनलाई उक्त रकमसहित बुधबार बरियारपट्टी गाउँपालिका १ गोरगम्मास्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

भारतबाट नेपाल तर्फ स. १० प. ९८५३ नम्बरको मोटरसाइकलमा आइरहेका दासलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी कचनारीबाट खटेको टोलीले चेकजाँच गर्दा कम्मरमा गम्छाले बाँधेर लुकाएको एक हजार रुपैयाँको एक हजार थान अर्थात् १० लाख, पाँच सयको दरको नोट १२ सयको ६ लाख बरामद गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।