नक्कली नोटसहित युवक पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र ३१, सोमबार ११:०५

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर–८ सौगलबाट प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भएर भक्तपुर बस्दै आएका रमेश रोक्का रहेको प्रहरीले जनाएको छ ।

३१ वर्षीय रोक्कालाई १ हजार दरका ११५ वटा नक्कली नेपाली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनले सौगलमा कोठा भाडामा लिएर आरोपीले नक्कली नोट बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

साथै प्रहरीले उनको डेरामा नोट बनाउन प्रयोग गरिने फोटोकपी मेशिन समेत भेटिएको जनाएको छ ।

पक्राउ परेका उनीविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।