त्रिशूली नदी किनारमा ट्रक खस्यो

तु खबर संवाददाता
२०८१ भाद्र ३०, आईतवार ०९:०२

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको र दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।