नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि भर्ना खुल्यो

तु खबर संवाददाता
२०८१ भाद्र २८, शुक्रबार ०९:५३

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुलेको छ ।

नेपाल प्रहरी अन्तर्गतको भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुल्ला गरेको जनाएको हो ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाल प्रहरीको वेबसाइटमा गई अनलाइनमार्फत् नै दरखास्त दिन सक्ने जारी सूचनामा उल्लेख गरिएको छ ।