जिप दुर्घटनामा परेर युवतीको मृत्यु
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महरा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मंगलबार जिल्लाको सुर्नया गाउँपालिका–८, ढुङ्गाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुपप्र ०१००ज १३५४ नं. जिप दुर्घटना पाँच जना घाइते भएका थिए ।
घाइतेमध्ये सविनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट धनगढी ‘रेफर’ गरिएको थियो । उनको उपचारका क्रममा धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक सुर्नया–७ का लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरा अस्पतालमा उपचारपछि घर गइसकेका छन् ।
चालक लालबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
