मोटरसाइकल चोरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र २०, बिहीबार ०९:५७
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ परेका छन् ।

मुलपानीमै बस्ने पर्साको ठोरी गाउँपालिका ३ का ४० वर्षीय कृतिबहादुर थापा रहेको प्रहरीले जनाएको छ । शंकास्पद अवस्थामा बागमती प्रदेश ०२–०३७ प ९६९६ नम्बरको मोटरसाइकल चलाइरहेका थापालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

वास्तविक नम्बर बागमती प्रदेश ०२–०३५ प ५१७५ रहेको उक्त मोटरसाइकल काठमाडौंकै नयाँ बानेश्वर स्थित पपिलबोटबाट हराएको भनी काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ५ बस्ने चन्द्रप्रसाद तिमिल्सिनाले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।