हेटौंडा–१६ मा तीज विशेष कार्यक्रम

तु खबर संवाददाता
२०८१ भाद्र १४, शुक्रबार ०९:५८

मकवानपुर । महिलाहरुको महान पर्व हरितालिका तीजको अजसरमा हेटौंडा उपमहानगरपालिका–१६ तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम महिला जागरण समुहको आयोजना तथा १६ नम्बर वडा कार्यालयको सहयोगमा भएको हो ।

कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । सो क्रममा नगर प्रमुख लामाले पर्वलाई उत्ताउलो नबनाउँन आग्रह गरिन् ।

उनले महिला अधिकारका कुरालाई अघि बढाउँदै पर्व बनाउँने र आफु अव्वल बन्नेतर्फ ध्यान दिन सुझाब दिइन् ।

कार्यक्रम महिला जागरण समुहका अध्यक्ष खिलमाया कटुवालको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइराला, सचिब दुर्गाप्रसाद न्यौपाने, वडा सदस्य संगीता बिश्वकर्मा, हेटौंडा–१७ का वडा सदस्य नवराज न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।