तनहुँ बस दुर्घटनाः सबै यात्रु भारतीय नागरिक
काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा पर्ने सबै यात्रु भारतीय नागरिक रहेको खुल्न आएको छ ।
भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बस दुर्घटनामा परेका चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौं जाँदै थिए । दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छैन ।
प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
