झगडा हुँदा धारिलो हतियार प्रहार, हेटौंडाका कार्की घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कमा बिहीबार दुई जनाबीच झगडा हुँदा धारिलो हतियार प्रहार भएको छ ।
बिहीबार हेटौंडा–१३, पदमपोखरीका अर्जुन गोम्जा र हेटौंडा–१, चाईना क्वाटरका प्रेम बहादुर कार्कीबीच झगडा भएको थियो । उक्त झगडा हुँदा गोम्जाले कार्कीमाथि धारिलो हतियार (दाउ) प्रहार गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, धारिलो हतियार प्रहारबाट कार्की घाइते भएका छन् । उनको दाया कानमा गहिरो चोग लागेको छ ।
घाइते कार्कीलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।
यस्तै, धारिलो हतियार प्रहार गर्ने गोम्जालाई प्रहरीले पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
