मोटरसाइकल चोरेको आरोपमा ४ जना पक्राउ
काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा दाङबाट ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–५ बस्ने विष्णु चौधरी, देवदास देवकोटा, श्रीजन रिजाल र शिशिर खड्का रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा स्थित नर्सरीमा चोरीको मोटरसाइकलको पाटपुर्जा निकाल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आरोपीहरुले रा.८प. ३३५८ नम्बरको पल्सर र रा.६प. ७७४१ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेका हुन् ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
