बुटवलमा स्कुटर र मोटरसाइकल ठोक्कियो, युवतीको मृत्यु
बुटवल । बुटवलको बेलबासमा स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
लु ८७ प ४५७३ नम्बर स्कुटर विपरीत दिशाबाट आउँदै गरेको १ च ६७८३ नम्बरको बलेरो र शान्ति चोकबाट निस्केको नम्बर नखुलेको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार, श्रेष्ठलाई बुटवल–१२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिइन् ।
बलेरोमा ठोक्किन पुगेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि घटनास्थलबाट उद्दार गरी अस्पताल लगिएको थियो । उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
