हेटौंडाबाट लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्रामसहित २ जनालाई सोमबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत बैसाली पातेपुर थाना खदनापुरा गाउँ बस्ने ३२ वर्षीय अली हुसेन र भारत बेतिया रामनगर थाना बस्ने ३० वर्षीय सुरज कुमार यादव रहेका छन् ।
उनीहरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.३ ख ३७६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
