९ जना जुवाडे प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८१ भाद्र २, आईतवार १४:५८
file-photo

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंको कपन सरस्वतीनगरबाट ९ जनालाई नियन्त्रणमा लिएको छ ।

उदयपुर ताप्ली गाउँपालिका–१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार ९ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ घर भएका ४१ वर्षीय बद्री पौडेलसहित ९ जना रहेका छन् ।

उनीहरुलाई प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास बरामद गरेको छ ।