जलवायु परिवर्तनलाई न्युनिकरण गर्न वृक्षारोपण
मकवानपुर । हेटौंडाको भैरवडाँडास्थित पाथिभरा मन्दिर परिसर र भैरवडाँडा सडक किनारमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । वृक्षारोपण कार्यक्रम सशस्त्र प्रहरी १४ नं. गण हेटौंडाको आयोजनामा भएको हो ।
जलवायु परिवर्तनलाई न्युनिकरण गर्न वृक्षारोपण कार्यक्रमको आयोजना गरेको सशस्त्र प्रहरी गण १४ नं.का प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेलले जानकारी दिए ।
उनका अनुसार, धुपि, रुद्राक्ष, बेल, अमला, राजबृक्ष, केरा लगायतका १७ किसिमका बिरुवाहरु रोपिएको हो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल, डिभिजन वन अधिकृत राकेश प्रसाद चन्द्रवंशी, पाथिभरा मन्दिरका पिठाधिस देवीदास लगायतको उपस्थिति रहेको थियो ।
