डोटीमा आज बिहानै यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४, समूहगाडमा आज बिहानै यात्रुबाहक बस दुर्घटना भएको छ ।
धनगढीबाट दिपायलतर्फको लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर १७ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
बस सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको थियो । उक्त घटनाको बरोमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
