हेटौंडाका सुबेदीको स्वरमा ‘छक्कापञ्जा ५’ को पहिलो गीत
मकवानपुर । हेटौंडाका सविन सुबेदीको स्वरमा फिल्म ‘छक्कापञ्जा ५’ को पहिलो गीत सार्वजनिक भएको छ ।
फिल्म ‘छक्कापञ्जा ५’ को ‘बिहे भाको छैन’ बोलको गीत आइतबार ओएसआर युट्यव च्यानलबाट सार्वजनिक भएको हो ।
उक्त गीतमा सुबेदीसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । फिल्मका दुई शीर्ष कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीले गीतमा मुख्य भूमिका निभाएका छन् ।
यस्तै, गीतको सुरु र अन्त्यमा अर्का कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ को न्यारेसन समावेश छ ।
संगीतकार दिपक शर्माले लोकलयमा आधारित यो गीतलाई छमछमी नाच्न मिल्ने शैलीमा तयार पारेका छन् ।
नृत्य निर्देशक सुनिल क्षेत्रीले कलाकार र गीतको मुडअनुसार भिन्न सेट र कथा अनुसारको कम्पोज गरेका छन् ।
यो फिल्म दसैं फूलपातिको छेको असोज २४ मा रिलिज हुने जनाइएको छ ।
