सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर मर्साङ्गी मगर र ३५ वर्षीय पवन मर्साङ्गी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार, गोलञ्जोरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.२० च ८२८३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परे ११ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
