अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको धनगढी उपमाहानगरपालिका–४ बस्ने २८ वर्षीय रवि चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्राम ७ सय ९० मिलिग्रामसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले मोरङको पथरीशनिश्चरे नगरपालिका–६ भातेगैडाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–४ खुशी चोक बस्ने ३२ वर्षीय सिमन परियार रहेका छन् ।
प्रहरीले लागूऔषध ट्रमाडोल १ हजार १ सय चक्की र डिकोलिक ६ हजार ६ सय चक्कीसहित उनलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अमरदहबाट पथरीतर्फ आउँदै गरेको को.२ ह १६१५ नम्वरको अटोलाई जाँच गर्न खोज्दा उक्त परिमाणको लागूऔषध सडकमा फाली अटो फरार भएको थियो ।
तत्काल खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय पथरी र अस्थाई प्रहरी पोष्ट कीर्तिपुरबाट खटिएको प्रहरीले परियारको घरमा उक्त अटो फेला पारी परियारलाई पक्राउ गरेको हो ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
