चोरीको आरोपमा एक युवक पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण ३०, बुधबार १०:२५

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–९ स्थित स्युचाटारमा चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा बैत्यश्वर गाउँपालिका वडा नम्बर–३ घर भएर ढल्कु बस्ने २७ वर्षीय मान बहादुर परियार रहेका छन् ।

गत असार २६ मा स्युचाटारस्थित सम्झना मगरको डेरामा चोरी गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, उनले सुन तथा चाँदीका गहना र नगद चोरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीमाथि प्रहरी वृत्त कालीमाटीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनको साथबाट ३ थान मोबाइल र १२ हजार नगद बरामद गरेको छ ।