बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता

तु खबर संवाददाता
२०८१ श्रावण २९, मंगलवार १७:०५

ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै पूर्व प्रभानमन्त्री हसिनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

मंगलबार मिडिया रिपोर्टलाई उद्धृत गर्दै यो जानकारी आएको हो । पूर्व प्रधानमन्त्री हसिनासहित अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीहरु विरुद्ध हत्याको मुद्दा दर्ता भएको जनाइएको छ ।

बंगलादेशी मिडियाका अनुसार जुलाई १९ मा प्रहरीको गोली लागेर मारिएका किराना पसलका मालिक अबु सईदका शुभचिन्तकहरूले मुद्दा दर्ता गराएका हुन् ।–एजेन्सी