३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन् ।
हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्याण्ड व्यागेजमा जाँच गर्नेक्रममा उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट पहेलो धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी ३ सय ३३ ग्राम सुन बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि विमानस्थल सुरक्षा कार्यालय गौचर पठाइएको जनाइएको छ ।