हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका चिनियाँ नागरिकको सनाखत

तु खबर संवाददाता
२०८१ श्रावण २९, मंगलवार १६:०५

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेका मृत्यु भएका चिनियाँ नागरिकको सनाखत भएको छ ।

चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव सनाखत भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार, हेलिकप्टर दुर्घटनामा परेका मृत्यु भएका उनीहरुको दाँतको परीक्षणबाट सनाखत भएको हो । उनीहरुको शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली पोस्टमार्टमबाट गरिन्छ ।

डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव सनाखतका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने जनाइएको छ ।

गत साउन २३ गते बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि छुटेको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेर एक नेपालीसहिशत चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा परेर मृत्यु हुने नेपाली भने हेलिकोप्टर चाल (क्याप्टेन) अरुण मल्ल रहेका छन् ।