सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

तु खबर संवाददाता
२०८१ श्रावण २८, सोमबार १६:११
file-photo

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । शाहले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

शाहले सोमबार प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।

शाह एमालेको समर्थनमा गत साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।