सिस्नुपानी मकवानपुरले गाईजात्रा विशेष कार्यक्रम गर्ने

तु खबर संवाददाता
२०८१ श्रावण २६, शनिबार १५:२७

मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले गाईजात्रा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सिस्नुपानी मकवानपुरले हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाको विशेष प्रवद्र्धनमा ‘हास्य व्यङ्ग्यात्मक गाईजात्रा–२०८१’ कार्यक्रम गर्न लागेको हो ।

शनिबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मीनप्रसाद लामिछानेले आगामी भदौं ३ गते उक्त कार्यक्रम गर्न लागेको जानकारी दिए ।

ओम्याक्स सिनेमा हलमा आयोजना हुने कार्यक्रममा समसमायिक राजनीति र सामाजिक क्षेत्रका विकारका विरुद्धमा मनोरञ्जनात्मक क्यारिकेचर गरिने उपाध्यक्ष लामिछानेले बताए ।

पत्रकार सम्मेलनमा सिस्नसपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, हेटौंडा–४का वडाध्यक्ष नवीन सिग्देल, साहित्य संगम मकवानपुरका सल्लाहकार, साहित्य संगम मकवानपुरका अध्यक्ष डी.वि बर्तौला, साहित्य संगम मकवानपुरका सल्लाहकार सुवास खनाललगायतको सहभागिता रहेको थियो ।