बैंकिङ कसुर मुद्दामा फरार एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण २२, मंगलवार १०:२४
सांकेतिक तस्बिर

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ ।

प्रहरीले पाँचथर घर भएर भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पक्राउ परेका उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

आरोपी राईलाई कानुनी कारवाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाएको जनाइएको छ ।