कटुवा पेस्तोलसहित एक जना पक्राउ
रौतहट । रौतहटबाट प्रहरीले कुटवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गढीमाई नगरपालिका–१ समनपुर बस्ने ५२ वर्षीय बिरेन्द्र राउत रहेका छन् ।
उनलाई १ थान कटुवा पेस्तोलसहित आइतबार दिउँसो इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, राउतको घरमा पेस्तोल रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटानास्थल पुगेका थिए । उनको घरको आँगनमा झारपातले छोपी लुकाई छिपाई राखेको अवस्थामा सो परिणामको पेस्तोल बरामद गरी निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
