आज हेटौंडा–२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

तु खबर संवाददाता
२०८१ श्रावण १२, शनिबार ०८:२०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ ।

विभिन्न सूचक पूरा गरेसँगै उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको उनले बताए ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा गर्न लागिएको उनले जानकारी दिए ।

बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर–२ हेटौंडा नगरमा दोस्रो बालमैत्री वडा घोषणा हुनेछ ।

यसअघि हेटौंडा–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ ।