नक्कली नोटसहित दुई जना पक्राउ
काठमाडौं । रौतहटको बालचनपुरबाट नक्कली नेपाली नोटसहित बिहीबार राति दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले एक हजार दरका १३ थान नक्कली नोटसहित स्थानीय एक पेट्रोलपम्पबाट पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरुको साथबाट बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
