अवैध लागूऔषधसहित युवक पक्राउ
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड चोकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–९ डम्पुर बस्ने २५ वर्षीय गणेशमान सिंह रहेका छन् । उनलाई ३ सय मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित सोमबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
