क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण ७, सोमबार १०:३०

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृतज्ञ अमृता कोइराला घुस रकमसहित पक्राउ परेकी छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित आइतबार पक्राउ गरेको हो ।

कोइरालालाई भरतपुर महानगरपालिका वडा नं. ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट एक लाख ५० हजार नगद र रु चार लाख ५० हजारको चेकसहित पक्राउ गरेको आयोग हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।

कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको सूचना अधिकारी गौतमले बताए ।