चितवनमा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत चितवनको जलबिरेमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बिहान ४ बजेको समयमा पूर्व नवलपरासीको कावासोतीबाट–काठमाडौं आउँदै गरेको ग १ ख ९१५५ नम्बरको माइक्रो बस सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा कावासोती नगरपालिकाकी ६० वर्षीया सन्तुमाया कुमाल, ३६ वर्षीय घनश्याम न्यौपाने र १९ वर्षीय जेनिस बस्नेत रहेका छन् । उनीहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।
प्रहरीका अनुसार, गुडिरहेको माइक्रोबस एक्कासी पञ्चर भएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
