कांग्रेस बागमती संसदीय दलको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ श्रावण ६, आईतवार ०९:००

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ ।  बैठक बिहान ९ बजे  बस्ने गरी बोलाइएको हो ।

कांग्रेसको सचिवालय भवनमा बस्ने उक्त बैठकले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतबारे निर्णय गर्ने जनाइएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । नेकपा एमालेबाट मन्त्री बनेका पाँच जनाले सामूहिक रुपमा राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।