नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त महान्यायाधिवक्ता बडालले राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् ।
उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
