महान्यायाधिवक्तामा रमेश बडाल
काठमाडौं । बरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्ती भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब ४ महिना बडाल महान्यायाधिवक्ता थिए ।
यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पदबाट राजीनामा दिएका थिए ।ramesh
