‘युवालाई उत्पादनसँगै रोजगारीसँग जोड्न सकिएको छैन’
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले नेपाल युवाहरुले भरिएको देश भएपनी युवाहरुलाई उत्पादनसँगै रोजगारीसँग जोड्न नसकिएको बताएका छन् ।
आइतबार स्वास्थ्य मन्त्रालयको कार्यलयमा कर्मचारी र बागमती प्रदेशका स्वास्थ्य मन्त्रीबीच सम्पन्न बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले यसले नेपालको हितमा नकरात्मक असर परेको समेत तर्क बताए ।
उनले भने, “युवाहरूलाई उत्पादनसँग कसरी जोड्न सकिन्छ भन्ने जुन नीति सरकारले ल्याउन गइरहेको छ, त्यसलाई सम्बोधन गर्न सकियोस् ।’
पछिल्लो समयमा देखिएको बढ्दो सहरीकरण जस्ता कारण गाउँघर खाली हुने तथा बढ्दो सहरीकरणले घरवारविहीन भई सडकको बास हुने जस्ता समस्याको अध्ययन गरि प्रदेशले विकास र उत्पादनसँग जोड्ने खालको रणनीति बनाउन लागेको उनको भनाई छ ।
घरवार विहिन जनसङ्ख्या, बाह्य बसाइसराई र यसको असर, जनसाङ्ख्यिक लाभाङ्सलाई विकास र उत्पादनसँग जोड्न सक्ने नीति बनाउन पर्ने बताउए । साथै उनले मानिसको संस्कृति एवम् सामाजिक मुल्यमान्यतालाई उच्च कदर गर्ने कुरा पनि नीतिमा ल्याउन पर्नेमा उनले जोड दिए ।
बैठकमा विद्यमान समस्या, चुनौती र अवसरहरुको विषयमा छलफल हुनुका साथै अव्यवस्थित आन्तरिक बसाईसराई, जनसंख्याको असमान भौगोलिक वितरण, बढ्दो जनसंख्या वृद्धिदर, बढ्दो वृद्ध जनसख्ंया, तुलनात्मक रुपमा कम औसत आयु इत्यादी समस्यालाई कसरी पहल गर्न सकिन्छ भन्ने विषयमा अभ्यास भएको थियो ।
बैठकमा स्वास्थ्य मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाद घिमिरेले स्वागत मन्तव्यसहित बैठकको उद्देश्यमाथि प्रकाश पारेका थिए भने विश्व स्वास्थ्य संगठनका प्रदेश स्वास्थ्य अधिकृत हरि भुसालले प्रस्तावित जनसङ्ख्या नीतिको ढाँचा, औचित्य, प्रदेशको जनसङ्ख्या सम्बन्धी तथ्याङ्कसहित प्रस्तावित १७ बुँदे जनसङ्ख्या नीति प्रस्तुत गरेका थिए ।
उक्त नीतिमाथि विभिन्न मन्त्रालयका प्रतिनिधि, विरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनका जनसंख्या संकायका प्राध्यापक, हेटौैंडा क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पसका जनसंख्याका सह–प्राध्यापकहरुले सुझाव पेश गरेका थिए ।
