बुधबार नेप्सेमा गिरावट
काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ । आज शेयर बजारमा ५ दशमलव ५८ अंकको गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
बुधबार नेप्से सूचक ५ दशमलव ५८ अंकले घट्दै २ हजार ७९ दशमलव ७१ विन्दुमा झरेको हो ।
बुधबार कूल ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको ८० लाख ४२ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
