हेटौंडाका एक दम्पतीद्वारा बुद्धको मूर्ति स्थापना

मकवानपुर । मकवानपुरको सबैभन्दा उचो भू–भागमा हेटौंडाका एक दम्पतीले बुद्धको मूर्ति स्थापना गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका–११ का समाजसेवी सिद्धिलाल श्रेष्ठ र बविता श्रेष्ठले थाहा नगरपालिका–४ सिमभन्ज्याङमा साढे १८ फिट उचाईको बद्धको मूर्ति स्थापना गरेका हुन् ।
सिमभन्ज्याङको सानो समथर थुम्कोमा स्थापना गरिएको उक्त मूर्ति २४८८ मिटर उचाईमा रहेको छ । सो बुद्धको मूर्तिको २५६८ औँ बुद्ध जयन्तीको अवसरमा थाहा नगरपालिकाका मेयर बिष्णु बिष्टले एक समारोहबीच अनावरण गरेका थिए ।
बुद्धको मूर्तिको अनावरण र प्राण प्रतिस्थापनपश्चात स्थानीयबासी मूर्तिमा पुजाआज गर्न भीड लागेका थिए ।