आज यी प्रदेशमा मेघगर्जनसहित वर्षा
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार, हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
