मन्त्री श्रेष्ठद्वारा जरुवाटोलमा स्ल्याब ढलानको शिलान्यास

तु खबर संवाददाता
२०८१ बैशाख २०, बिहीबार १६:२४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ जरुवाटोलमा रिङ रोडसम्मको स्लाब ढलानको शिलान्यास गरिएको छ ।

बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले बिहीबार स्लाब ढलानको शिलान्यास गरेका हुन् ।

प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयको २५ लाख बजेट र स्लाब ढलान निर्माण उपभोक्ता समितिको २ लाख ६७ हजार रकमबाट स्लाब ढलानको निर्माण कार्य सुरु गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष गोविन्द दाहालले २०८१ असार मसान्त भित्र निर्माण कार्य सक्ने गरी काम थालिएको बताए ।

२ सय ४४ मिटर लम्बाई रहेको स्लाबको चौडाई ६ मिटर र मोटाई ८ इन्च रहेको अध्यक्ष दाहालले बताए ।