इलाममा सुहाङको अग्रता कायमै
इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।
कुल ३४ हजार २६ सदर मत गणना सम्पन्न हुँदा सुहाङले १३ हजार ९०० मत प्राप्त गरेका छन् ।
यसैगरी, दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ९१४ मत पाएका छन् ।
यसैगरी, मुढा चिह्न पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु ८ हजार २८५ मतसहित तेस्रो स्थानमा र रास्वपाका मिलन कुमार लिम्बु १ हजार ९४५ मतसहित चौथो स्थानमा रहेका छन् ।
