आज यी स्थानमा वर्षाको सम्भावना, तातो हावाबाट बच्न अनुरोध

तु खबर संवाददाता
२०८१ बैशाख १६, आईतवार ०९:१९
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

यस्तै, महाशाखाका अनुसार, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । साथै लुम्बिनी, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रही त्यसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको जनाइएको छ ।

विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकोले तातो हावाबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ ।