आवश्यक औषधी र उपकरणहरु उपलब्ध गराउँछुः मन्त्री श्रेष्ठ

तु खबर संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १०:४२

फर्पिङ । बागमती प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अस्पताललाई आवश्यक औषधी र उपकरणहरु सक्दो उपलब्ध गराउने बताएका छन् ।

मनमोहन स्मृति विकास केन्द्र दक्षिणकाली नगरपालिका–६, फर्पिङद्वारा आयोजित २५ औं मनमोहन स्मृति दिवसको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

अस्पतालमा बिरामी बढ्दै गएका कारण बेर्डको क्षमता बढाउनुका साथै डायलासिसका लागि मेनपावर उपलव्ध गराउने उनले दृढता व्यरे ।

मन्त्री श्रेष्ठले गुंठ्ठीबाट संचालित अस्पताल र सामुदायिक अस्पताललाई ऐनमा समेत राखिएको बताए ।

साथै उनले दक्षिणकाली नगरपालिका–६ स्थित अस्पतालको अनुगमन पनि गरे । अनुगमनको क्रममा बिरामीको स्वास्थ्य बारे बिरामीसँग प्रत्यक्ष भेटघाट गरेका थिए ।