राष्ट्रिय विकास परिषद्को बैठक भोलि बस्ने
काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक भोलि बिहीबार बस्ने भएको छ ।
राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि विकास परिषद्को बैठक आह्वान गरिएको हो ।
बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बस्ने जनाइएको छ ।
सो बैठक बिहीबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुनेछ ।
बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
