मकवानपुरका गोविन्द मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरका गोविन्द प्रजा मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ३, लावती निवासी गोविन्द आज बिहान मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, २५ वर्षीय गोविन्द गत फागुन ९ गतेदेखि बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा झण्डै डेढ महिनापछि आज मृत अवस्थामा भेटिएका हुन् ।
गोविन्द घरबाट अन्दाजी १ किलोमिटर उत्तरमा रहेको गुफादवी सामुदायिक बनस्थित कंकाल भएको अवस्थामा मृत फेला परेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
उनको शव परिवारले कपडाको आधारमा पुष्टि गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
मृतक गोविन्दको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
